ग्रेट अरनीकोद्वारा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई

तुलसीपुर, ९ वैशाख । दाङको तुलसीपुर स्थित ग्रेट अरनीको माध्यामिक विद्यालयले कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरेको छ ।

विद्यालय तथा कक्षा ११ का विद्यार्थीहरुको आयोजामा विद्यार्थीहरुलाई विदाई गरिएको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार कृस क्षेत्रीले विद्यार्थीहरुलाई नचाएका थिए ।


त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष धर्मराज वली, विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद देवकोटा, मेट्रो कलेजका प्रिन्सिपल बसन्त विवस आचार्य, मावि दोघरेका प्रधानाध्यापक सुनिता यादव, मावि दोघरेका विद्यालय ब्यबस्थापन समितिका पूर्वध्यक्ष मुक्ती प्रसाद न्यौपाने, एनप्याबसन तुलसीपुरका अध्यक्ष सुमन केसीलगायतले ग्रेट अरनीको माविले किताबी ज्ञान मात्रै नभई ब्यबहारिक तथा विक्ने शिक्षा दिएको बताएका छन् ।

त्यस अवसरमा शिक्षक सेवा आयोगमा प्राबिमा नाम निकाल्न सफल सोही विद्यालयका २ जना पूर्वविद्यार्थीलाई सम्मान पनि गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक कमल प्रकाश शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम निर्देशक नेत्रलाल भट्टराईले गरेका थिए ।