तुलसीपुरमा वेवारिसे अवस्थामा एक बालक फेला

तुलसीपुर, २३ मंसिर । दाङको तुलसीपुरमा एक बालक वेवारिसे अवस्थामा फेला परेका छन् । अन्दाजी ३ फिट उचाई भएको, कलसाउरो वर्ण भएको, बोल्न नसक्ने, कान पनि नसुन्ने बालक तुलसीपुर ६ गाईडरमा बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।


उनलाइ संरक्षणका लागि बहिरा छात्रवास अस्वारामा पठईएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो । बालकको अविभावक तथा आफन्तले ईलाका प्रहरी कार्यालय तुलसीपुर वा बहिरा छात्रवास अस्वारामा सम्पर्क राख्न उहाँले आग्रह गर्नुभएको छ ।