लुम्बिनी प्रदेशमा मन्त्री परिषद विस्तार

दाङ, ६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रीपरिषद विस्तारकालागि सिफारिश गरेका छन् । महराले एमालेका ४, नागरिक उन्मुक्तीका एक र स्वतन्त्र एक सांसदलाई मन्त्री नियुक्तीकालागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिश गरेका हुन् । यस अघि एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य, माओवादीबाट रोल्पाका दिपेन्द्र कुमार पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री थिए ।

आज ६ जना मन्त्री थपिएसंगै १० सदस्यीय मन्त्रीपरिषद हुनेछ । एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, कपिलवस्तुका अर्जुनकुमार केसी, बाँकेका रत्नबहादुर खत्रीलाई थप गर्ने गरि सिफारिश गरिएको हो । त्यस्तै नागरिक उन्मुक्ती पार्टीबाट यस अघिका भौतिक पूर्वाधार मन्त्री धर्मबहादुर चौधरी र स्वतन्त्र सांसद खड्ग बहादुर बस्नेतलाई पनि मन्त्री नियुक्तीकालागि सिफारिश गरिएको हो ।

साथै मुख्यमन्त्री महराले एमालेका आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिएका छन् । त्यस्तै रोल्पाका दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी, जसपाका भण्डारीलाल अहीरलाई कृषि तथा भूमि व्यबस्था मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । अन्य मन्त्रीहरुको भने अझै जिम्मेवारी बाँडफाँड गरिएको छैन ।


अहिले लुम्बिनीमा १० सदस्यीय मन्त्रीपरिषद भएपनि थप गर्ने विषयमा पनि छलफल भइरहेको छ । साना दलहरु जसपा, नागरिक उन्मुक्ती र एकीकृत समाजवादीले १÷१ वटा मन्त्री माग गरेपछि मन्त्री थप गर्ने कसरतमा पनि सत्तापक्ष दल देखिएको छ ।

May be an image of text