खुकुरी प्रहार गर्ने शान्तिनगरका घर्ती पाँच दिनसम्म पक्राउ परेनन्

तुलसीपुर, २५ चैत । दाङमा खुकुरी प्रहार गरेर फरार रहेका शान्तिनगर गाउँपालिका वडा नं. ५ वैशा निवासी ४५ बर्षीय तिलकराम घर्ती अझै पक्राउ परेका छैनन् ।

सोमबारसम्म उनी पक्राउ नगरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।


घर्तीले विहीबार सोही ठाउँकी २८ बर्षीया आशा खड्का घाइते भएकीछन् । उनको भारतको लखनउमा उपचार भइरहेको छ ।

खुकरी प्रहार गर्ने घर्ती पूर्व सुरक्षाकर्मी रहेको समेत स्थानीयले बताएका छन् ।