तुलसीपुरकी निशाको अर्को कीर्तिमान

पोखरा, २९ असोज ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान बनाउनु भएको छ । निशाले हिटमै कीर्तिमान बनाउनु भएको हो ।

निशालो १२।१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोड्नु भएको हो । यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाउँन सफल हुनु भएको थियो ।एथ्लेटिक्समा आज कूल ७ स्वर्णको छिनोफानो हुनेछ ।