बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

दाङ १० चैत। दाङमा मोटरसाइकल र बस एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ।

आज साँझ राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक गंगदीतर्फ जाँदै गरेका रा १ ख २३६० नम्बरको यात्रु बस र पूर्वतर्फ आउदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको मोटरसाइकलमा सवार प्रमोद यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिए ।


दुर्घटनामा गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज लैजादै गर्दा मृत्यु भएको डिएसपी मल्लले बताए ।