
तुलसीपुर,२ फागुन। दाङको तुलसीपुर उपमहानगरपालिका सेवा प्रवाहमा उत्कृष्ट पालिकाका रुपमा सम्मानित भएको छ ।
नगर बिकास कोषले सेवा प्रवाहमा उत्कृष्ट पालिका भएको भन्दै सम्मान गरेको हो । शुक्रबार भएको कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई सम्मान प्रदान गरेका हुन् ।
पाटन संग्राहलयमा भएको नगरविकास कोषको ३७ औं बार्षिक समारोहका अवसरमा सम्मान प्रदान गरिएको हो । सेवा प्रवाह,वित्तिय सुशासन,ऋण असूली, साझेदारी, सहकार्यमा प्रभाबकारी, नगर बिकास कोष अन्तर्गत कार्यक्रममा सफल भएको लगायतका सूचकका आधारमा उपमहानगरपालिका उत्कृष्ट भएको प्रमुख खड्काले बताए ।
पछिल्लो समय उपमहानगरपालिकाले फजुल खर्चलाई घटाएको छ, भने कर संकलनको कार्यलाई चुस्त बनाएको छ ।
त्यस अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, इन्जिनियर पवन योगीलगायतको सहभागिता रहेको थियो ।



लाइभदाङ । २ फाल्गुन २०८१, शुक्रबार २१:३९ बजे