ज्ञानज्योतीमा नमुना संसद कार्यक्रम सुरु

तुलसीपुर, १५ फागुन । ज्ञानज्योती मा.वि.तुलसीपुरमा नमुना संसद कार्यक्रम सुरु भएको छ । नव जागृती युवा समाज नेपालको समन्वय तथा नयाँ युवा नयाँ सोच नेपालको प्राविधिक सहयोग र ज्ञानज्योती माविको आयोजनामा कार्यक्रम सुरु भएको हो ।

ज्ञानज्योती एजुकेसन फाउन्डेसनका सिइओ सुरेन्द्र जि.सी.को अध्यक्षता तथा संविधान सभा सदस्य माननिय बुद्दिराम भण्डारीको प्रमुख आतिथ्यता भएको कार्यकममा बोल्दै प्रमुख अतिथि भण्डारीले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो । जनता र जनप्रतिनिधीहरुको अथक प्रयासले आएको संविधानलाई सबैले आ–आफ्नो ठाउँ बाट कार्यन्वयन गर्ने र नयाँ संचरना अनुसार मुलुकलाई समृद्ध बनाउन तर्फ लाग्नुपर्ने उहाँले जोड दिनुभयो । नेपालको संविधान बिश्वमै उत्कृष्ट ठहरियकाले यसलाइ जोगाउदै युबाहरुले पनि संसद तथा संसदिय प्रणालीमा हुने कार्यहरूको ज्ञान लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।


त्यस्तै नयाँ युवा नयाँ सोच नेपालका कार्यक्रम संयोजक बिनोद खत्रीले हामीले भोट हालेर पठाएका सांसदहरुले के काम गर्छन भन्ने कुराको जनकारी दिनका लागि नमुना संसद अभ्यास कार्यक्रम संचालन गरेर संसदिय प्रणालीको बारेमा जानकारी दिदै आइरहेको उहाँले बताउनुभयो । कार्यक्रमका अध्यक्ष सुरेन्द्र जि.सी.ले नमूना युवा संसद अभ्यासले युवाहरुको क्षमता विकास सगै नेतृत्व विकासमा सहयोग पुग्ने बताउनुभयो ।

उक्त नमुना संसद कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरुको चयन प्रकृया, कानुन निर्माण, विधेक माथी छलफल, संसद सचिवालय लगाएतको बारेमा अभ्यास गराईनेछ । ज्ञानज्योती मा.वि.मा कानुन र ब्यबस्थापन बिषयमा अध्ययनरत एक सय भन्दा बढि विद्यार्थीहरुको सहभागी रहेको छ । ज्ञानज्योती मा.वि.का कानुन संकाय संयोजक सोमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गर्नुभएको थियो ।