टरिगाउँ एयरपोर्ट विस्तारकालागि मन्त्रीलाई प्रतिवेदन पेश

तुलसीपुर,८ चैत । दाङको तुलसीपुर १२ स्थित टरिगाउँ विमानस्थल विस्तारकालागि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई प्रतिवेदन बुझाईएको छ ।

हाल ७५० मिटर लम्बाई रहेको उक्त विमानस्थलाई १५ सय मिटर बनाउनकालागि साढे तीन अर्व लाग्ने गरि प्रतिवेदन तयार भएकाले सोही प्रतिवेदन विहीबार मन्त्री तामाङलाई बुझाईएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताउनुभयो । उहाँका अनुसार मन्त्री तामाङ प्रतिवेदनप्रति सकारात्मक रहनुभएको छ । दाङ प्रदेशको राजधानी समेत भएकाले नियमित विमान उडान हुनुपर्ने मन्त्री तामाङको भनाई थियो ।

प्रतिवेदन उपप्रमुख चौधरीसहितका टोलीले बुझाएको हो । अब शनिबार सीता एयर र नेपाल एयरलाईन्स दुबैले उडान भर्नेछन् । सीताले दाङबाट काठमाडौं जाँदा ८ हजार र काठमाडौंबाट दाङ आउदा ८ हजार एकसय भाडा तय भएको छ । मिश्रका अनुसार काठमाडौंबाट दिउसो १२ः१० बजे उडान भर्नेछ, भने दाङबाट दिउसो साढे १ बजे उडान भर्नेछ ।


हाल रहेको ७५० मिटर लम्बाई र ३० मिटर चौडाई मात्रै रहेको छ । जसले गर्दा साना १९ सिटे टुइनेटरले मात्रै उडान भर्न सक्छन् । पनि महंगो भाडा हुँदा यात्रुहरु पनि त्यो सेवा लिन सक्ने अबस्था छैन ।

जसले गर्दा उडान पनि नियमित हुन सकेको छैन । दाङका यात्रुहरु पनि नेपालगञ्ज वा भैरहवा जानुपर्ने अबस्था रहेको छ । यसलाई अन्त्य गर्नकालागि धावन मार्ग विस्तार आबश्यक रहेको भन्दै त्यमा आफूले पहल गरिरहेको उपप्रमुख चौधरीको भनाई छ । हाल एयरपोर्टमै इन्धन डिपो पनि स्थापना भएको छ ।