गाई काटेको मुद्दामा फरार प्रतिवादी पक्राउ

दाङ १९ साउन ।
दाङमा गौबध मुद्दाका फरार प्रतिवादी घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ४८ बर्षीय निम बहादुर सार्कीलाई पक्राउ गरिएको छ।

धर्नामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतले सार्कीलाई गएको बर्ष माघ २० गते गौबध मुद्दामा दोषी ठहर गर्दै १ बर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।


कैद भुक्तानका लागि उनलाई अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।