अटो दुर्घटनामा निधन भएका जीवनको परिवारलाई आर्थिक सहयोग

दाङ, ३० बैशाख ।
नमस्ते एकता यातायात प्रालिले अटो दुर्घटनामा निधन भएका जीवन घर्तीको परिवारलाई २१ हजार नगद सहयोग हस्तान्तरण गरेको छ । प्रालिले घर्तीको घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ पैँयाखोरेमा पुगेर नगद रकम सहयोग हस्तान्तरण गरेको हो ।

प्रालिका अध्यक्ष रोमहर्ष केसीले मृतक घर्तीको परिवारलाई नगद रकम हस्तान्तरण गर्नुभएको हो । प्रालिले दुर्घटना राहत कोषबाट मृतक घर्तीको परिवारलाई नगद सहयोग गरेको अध्यक्ष केसीले बताउनुभयो । प्रालिले घर्तीको निधनप्रति दुख व्यक्त गरी परिवारप्रति गहिरो समवेदना प्रकट पनि गरेको छ ।


प्रालिका अध्यक्ष केसीले अटो दुर्घटनामा परी निधन भएका जीवनप्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारवारमा समवेदना प्रकट गर्नुभएको हो । प्रालिका सल्लाहकार इश्वरीप्रसाद गैरेले पनि उहाँको निधनले प्रालि परिवार स्तब्ध भएको भन्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

घर्तीको शुक्रबार राती ११ बजेतिर गाउँबाट तुलसीपुर बजार फर्कदै गर्दा ओरालो साधुरो सडकमा दाङ-सल्यान सडकखण्डको साततले पुलमा मिसिन्ने खमारी गाउँ तिर जाने सडकमा आफैले चलाएको रा१ह ५७६९ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटनामा परी निधन भएको हो । अटो अन्दाजी २० मिटर तल खोलामा खस्दा उहाँको घटनास्थमै मृत्यु भएको हो ।