‘हाईप्रोफाईल’ जुवाडे धरौटीमा छुटे

दाङ, १५ कात्तिक । दाङको तुलसीपुरबाट पक्राउ परेका ८ जुवाडेलाई धरौटीमा छोडिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार उनीहरुलाई सोमबार नै छोडिएको हो ।

उनीहरु प्रत्येकलाई २५ हजारका दरले दुई लाख धरौटी राखेर छोडिएको उनले बताए ।‘तीनवटा निकायले जुवाको केश हेर्छ’,उनले भने‘हामीले मुद्दा त चलाईसकेका छौं, त्यसमा सरकारी वकिल कार्यालय र जिल्ला प्रशासनले मुद्दा हेर्छ, धरौटीमा छुटेपनि मुद्दा भने चलिरहेको हुन्छ ।’


प्रहरीले अनुसन्धानको फाईल बुझाएपछि सरकारी वकिल कार्यालयले धरौटी बुझाएर छोड्न प्रहरीलाई आदेश गरेको थियो । गएको कात्तिक १२ गते अपरान्ह ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरामा जुवा खेलिरहेको अबस्थामा एमाले नेता मानबहादुर रावत, कांग्रेसका सुरेन्द्र हमाल,दिपेन्द्र गिरी ‘दिपु’ रोहित न्यौपाने, चित्रबहादुर बस्नेत,मिनकेतन गिरी,बिबेक मल्ल र दिगाम्बर गिरीलाई प्रहरीले कौडा र एक लाख ९८ हजार २ सय रुपैयाँ सहित पक्राउ गरेको थियो ।