घरको सीडीबाट खस्दा तुलसीपुरका मेयर घाइते, दाँया खुट्टा अप्रेशन गर्नुपर्ने

तुलसीपुर, १६ भदौ ।
घरको सीडीबाट खसेर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का घाइते हुनुभएको छ । आज(मंगलबार) विहान नगर प्रमुख खड्का भान्सा घरको सीडीबाट लडेर घाइते हुनुभएको उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ केसीले बताउनुभयो ।


उहाँका अनुसार नगर प्रमुख खड्काको दाँया खुट्टा भाच्चिएको छ । उक्त खुट्टा अप्रेशनको तयारी रहेको छ । हाल उहाँको तुलसीपुर स्थित सीटी हस्पिटलमा उपचार भइरहेको छ ।