तुलसीपुरका मेयरको कोहलपुरमा अप्रेशन हुने

तुलसीपुर, १६ भदौ ।
घरको सीडीबाट लडेर घाइते भएका दाङ तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काको कोहलपुरमा अप्रेशन हुने भएको छ ।


कोहलपुरमा डा. गोपाल सागर डीसीले अप्रेशन गर्नेछन् । तुलसीपुरका सीटी अस्पतालमा प्रारम्भीर उपचार पछि अप्रेशनकालागि कोहलपुर लगिएको हो । आज(मंगलबार) विहान घरको सीडीबाट लड्दा उनको दाँयाँ खुट्टा फ्याक्चर भएको छ ।