दाङ–३ मा रास्वपाका सुवेदी विजय

दाङ, २३ फागुन ।
दाङ क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी विजयी भएका छन् । नेपाली काँग्रेसका दिपक गिरीलाई २७ हजार सातसय ९५मतले हराउँदै सुवेदी विजयी भएका हुन् ।


उनले ४४ हजार दुईसय ४८मत ल्याएका थिए, भने काँग्रेसका गिरीले १६ हजार चारसय ५३मत ल्याएका थिए ।
त्यस्तै एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत ल्याएका छन्, भने नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार तीनसय २८ मत ल्याएका थिए ।