दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

तुलसीपुर,१५ फागुन । दाङमा लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका ६ देउपुर निवासी २२ वर्षीय सरोज नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


लमही नगरपालिका ५ हस्पिटल चोक नजिकबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९६ मिलिग्राम सहित नेपालीलाइ सोमबार राति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरी यस बारे आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।