व्यवसाय सहजकर्ताहरुलाई बिक्री र सिप विकास सम्बन्धि २ दिने तालिम

????????????

तुलसीपुर, ६ मङ्सिर ।
हेलन किलर र आइडि नेपालको आर्थिक सहयोग,ब्याकवार्ड सोसाइटी एजुकेसन बेश र कालिका स्वाबलम्बन सामाजिक केन्द्रको सहजीकरणमा पोषण मार्फत जीवन रुपान्तरण परियोजना अन्तर्गत समुदाय ब्यबसाय सहजकर्ताहरुलाइ बिक्री र सिप विकास सम्बन्धि २ दिने तालिम बुधबारदेखि मेट्रो होटेल तुलसीपुरमा शुरुभएको छ ।

पोषण मार्फत जिबन रुपान्तरण परियोजना २०२४र२००३० अन्तर्ग दुइ साझेदार सस्थाहरु बेश सस्था र कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलबस्तुको सयुक्त रूपमा आयोजना भएको समुदाय ब्यबसाय सहजकर्ताहरुका लागि २ दिने तालिमको बुधबार एक कार्यक्रमकाविच उद्घाटन गरीएको हो ।


बुधवार एक औपचारिक कार्यक्रमका विच बेशका जिल्ला अध्यक्ष महावीर चौधरीले ब्यानर पढेर उद्घाटन गरेका थिए । तालिम पोषण क्षेत्रमा पोशण विशेष र पोषण संबेदनसिललाइ टेवा पुग्नेगरी गर्भवती बच्चाको आमा तथा परीवारको सदस्यलाई पोषणमा लगानि बढाउनुका साथै आफ्नो घर बगैचामा उत्पादन बढाउने उदेश्यले दाङ जिल्लाको १० वटै पालिका र कपिलवस्तुको १० वटै स्थानीय तहमा संचालन गरीएको कार्यक्रमबाट २६ जना ब्यबसाय सहजकर्ताहरुलाई २ दिने तालिम दिन लागिएको हो ।

बेश संस्थाका कार्यक्रम निर्देशक पिन्कि डाँगीको स्वागत मन्तव्यबाट शुरुभएको तालिमको पहिल दिनको कार्यक्रमको सहजीकरण आइडिका परियोजना अधिकृत द्वय जङ्ग बहादुर गुरुङ, सन्तोष शर्मा र कृषि तथा पोषण अधिकृत मनोज चौधरी र आकाश पौडेलले गर्नुभएकोथियो । २ दिने तालिममा वेश संस्थाका सुपरभाइजर निशान केसी र रामप्रसाद चौधरी समेतको सहभागीता रहेकोथियो।