४० जना बिरामीलाई लिएर पालिका अध्यक्ष बस्नेत आफै काठमाण्डौं मेडिकल कलेजमा

टेकराज भण्डारी
दाङ, १८ पुष ।
दाङको शान्तिनगर गाउँपालिका बिरामी जनताको शाहारा बन्न थालेको छ। गत पुस ५ गते शान्तिनगर गाउँपालिकाको आयोजना तथा काठमाण्डौं मेडिकल कलेज सिनामंगलको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टर सहितको एक दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार १९ जनाले स्वास्थ्य परिक्षण तथा उपचार गराएका थिए ।

शिविरमा ५५ जना जटिल खालका विरामीलाई रिफर गरिएको थियो । रिफर गरिएका ५५ बिरामिहरु मध्य ४० जना विरामी लगेर उपचारका निम्ति सहजिकरण गर्न पालिका अध्यक्ष प्रमोद बस्नेत आफै काठमाण्डौं मेडिकल कलेज सिनामंगल पुगेका हुन ।


उनिहरुको ल्याव टेस्ट, भिडियो एक्सरे, एम.आर.आई, सिटि स्क्यान लगायतको चेकजाँच नि:शुल्क, बेड चार्ज तथा अप्रेशन पनि नि:शुल्क हुने गाउँपालिका अध्यक्ष बस्नेतले बताउनुभयो । केहि बिरामिहरुको अप्रेशनका लागि भर्ना गरिएको र बाँकीको रिपोर्ट अनुसार नि:शुल्क उपचार हुनेछ अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

रिफर गरिएका आउन बाँकी रहेका विरामी पनि काठमाण्डौं आउने वातावरण तयार पार्दै गरेको अध्यक्षले जानकारी दिएका छन । रिफर गरिएका ५५ जना विरामी मध्ये पित्तथैलिको अप्रेशन, मासु पलाएको, हर्नियाको, मुटुरोग लगायतका समस्याहरु देखा परेका बिरामिहरु काठमाडौं पुगेका छन ।