‘३ डी वाल’मा जमेका ‘तेज’

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी तेज वली पछिल्लो समय व्यबसायमा चर्चित ब्यक्ती हुन् । लामो समय सञ्चार क्षेत्रमा विताएका वलीले तुलसीपुरमा नयाँ खालको व्यबसाय सुरु गरेका थिए । जुन हो–थ्री डी वाल । विगत साढे तीन बर्ष अघि तुलसीपुरमा उनले थ्री डी वाल पेपर सञ्चालनमा ल्याए । जतिबेला तुलसीपुरमा थ्री डी वाल पेपरको ‘ट्रेन’ थिएन । धेरैलाई थ्री डी वालको बारेमा जानकारी थिएन । जिल्लामा एउटा पनि वाल पेपर थिएन । उनै वली दाङ मात्रै होईन्, अन्य छिमेकी जिल्लामा पनि पुग्थे । अहिले मध्यपश्चिममै उत्कृष्ट वालपेपरका रुपमा प्रशंसा हुने गरेको छ । घर सजाउने धेरैको चहाना पूरा गर्ने काम उनले गरेका थिए । अहिले अधिकांस घर तथा उद्योग व्यबसायहरुमा थ्री डी वाल पेपरले नै सजाउने गरिएको छ ।

बाल्यकाल

२०४८ साल असोज २ गते साबिक मानपुर गाबिसमा उनको जन्म भएको थियो । वुवा डिल्लीबहादुर वली र आमा निमा ओलीका एक्लो छोरा हुन् । दाङमा जन्मिएपनि उनको बाल्यकाल भने सल्यानमा वितेको थियो । उनको वुवा, आमा व्यापार व्यबसायका रुपमा सल्यान भएकै कारण १३ बर्षसम्म सल्यान कपुरकोट बसेका थिए । उनको परिवार व्यबसायमा आश्रित थियो । उनका वुवाले सल्यान खालीमा खाद्यान्न व्यबसाय थियो । वलीले कक्षा ८ सम्म सल्यानकै किमिचौर माविमा अध्ययन गरेका थिए । सल्यानमा कक्षा ८ पास गरेपछि पुनः दाङ झरे । तर आश्चार्यजनक कुरा के छ, भने उनी दाङ झरेपछि पुनः कक्षा १ बाटै पढ्न सुरु गरेका थिए । तुलसीपुरको शारदा ईग्लिस बोर्डिङ् स्कुलमा कक्षा १ देखि पढन सुरु गरेका हुन् । त्यसपछि कक्षा ३ सम्म शारदा पढे । कक्षा ४ देखि ७ सम्म जीवनप्रेमीमा पढे । कक्षा ८ देखि ब्चालरसम्म उनले गोरखा स्कुल तुलसीपुरमा पढे ।

गीत संगीतमा चासो हो

बाल्यकालमा सबैको संघर्ष हुन्छ नै । त्यस्तै केही संघर्ष वलीले पनि गर्नु प¥यो । सरकारी स्कुलबाट आएर बोर्डिङ स्कुलमा पढ्दा निकै संघर्ष गर्नुप¥यो । संघर्षबाट नै उनी अहिलेको अबस्थामा पुग्न सफल भएका छन् । उनलाई सानैदेखि व्यापारि बन्ने सोँच थियो । उनको गीत संगीतमा पनि उत्तिकै चासो थियो । ब्यापारि बन्ने सोँच पूरा भएपनि उनको गीतसंगीतको धोको भने पूरा हुन सकेको छैन । तर, यो धोको पनि पूरा गर्ने उनी बताउछन् । भन्छन्‘जसरी पनि एउटा गीत बजारमा ल्याउछु, ल्याउछु ।’

रेडियोको लामो यात्रा

उनी लामो समय सञ्चार क्षेत्रमै आबद्ध भए । विद्यार्थी जीवनमा उनले रेडियोमा खुब फोन गर्थे । एक हिसाबले उनी रेडियोको पारखी नै थिए । त्यही पारखीले नै उनलाई रेडियोसम्म तान्यो र रेडियोमा आबद्ध भए । रेडियो तुलसीपुरबाट यात्रा सुरु गरेका उनले त्यहाँ लामो समय कार्यक्रम सञ्चालन गरे । २०६८ सालदेखि रेडियो यात्रामा दौडिएका उनले त्यहाँ लामो समय काम गरेपछि रेडियो सञ्जिवनीमा पनि केही समय काम गरे । हाल पनि उनी रेडियोमा नै आबद्ध छन् । कार्यक्रम सञ्चालनदेखि उनी रेडियो टेक्निसियन समेतको अनुभव छ । उनले त्यही रेडियोले नै आफ्नो पहिचान बनाएको बताउछन् ।‘अहिले म जुन स्थानमा छु, त्यो सबै यही सञ्चार क्षेत्रले बनाएको हो’, उनले भने । उनी हाल बिभिन्न अनलाईन तथा टेलिभिजनमा आबद्ध छन् ।

खासमा उनको परिवारले वलीलाई टाक्टर बनाउने योजनना थियो । त्यही अनुसार खर्च पनि गरे । तर, उनको रुची डाक्टर बन्ने नभएपछि उनको जीवन अन्तै मोडिएको हो ।

शिक्षण पेशा पनि गरे


उनी केही समय शिक्षण पेशा गरेका व्यक्ती पनि हुन् । मावि कालाखोलामा कम्युप्टर विषय पढाएको अनुभव छ । पढाउँदै गर्दा उनले तुलसीपुरमा होस्टेलको आबश्यकता देखे । २ बर्ष होस्टेल चलाए । त्यसपछि उनले बेलुवामा वासिङ सेन्टर पनि चलाए । केही समय वासिङ सेन्टर चलाएपछि उनले थ्रीडी वालको पसल सुरु गरेका हुन् । अहिले यो वाल पश्चिम क्षेत्रमै लोकपृय छ । हाल तुलसीपुर उपमहानगरपालिकाको गेटको पश्चिम तर्फ उनले उक्त व्यबसाय गरिरहेका छन् । अब यसलाई अझै थप परिस्कृत गर्ने तयारी रहेको बताए । हाल बिभिन्न फर्निचरका आईटमहरु प्नि छन् । रेडिमेट दुबो पनि छ । पीवीसी प्यानाल,वाल प्यानल, वाल फर्महरु रहेका छन् । उनको अबको योजना सबै जिल्लामा शाखा विस्तार गर्ने छ । हाल उनका चार स्थानमा पसलहरु छन । ति मध्ये केहीमा आफ्नो सेयर पनि हालेका छन् । उनले फुटकर भन्दा होलसेल बनाएर लैजाने पनि योजना छ । सुरुवातमा ५÷६ लाखको लगानी गरेका उनले अहिले करिब एक करोडसम्म लगानी गरेका छन् । एक लटमा मात्रै करिब ४०÷५० लाखको सामान बाहिरबाट आउने गरेको उनले बताए ।

समयलाई चिन्नु पर्छ

जीवन संघर्ष हो । समयलाई चिन्नु पर्छ । मानिश विग्रिने समय पनि हुन्छ । त्यसमा सम्हालिन सक्नु पर्ने उनको अनुभव छ । अरुका कुरा भन्दा पनि आफ्ना कुरामा बढि ध्यान दिनुपर्छ ।

परिवारिक अबस्था

उनको प्रेम विवाह भएको हो । २०७४ सालमा दोघरे निवासी नितिका केसीलाई विवाह गरेका वलीको एउटा २ बर्षको छोरा छन् । छोरालाई पनि वुवा र आमाको नाम जोडिने गरि नाम राखिएको छ । आमा नितिका र वुवा तेजलाई मिलाएर नितेज राखिएको हो ।

अबद्धता

हाल उनी राप्रपा निकट पत्रकारहरुको भातृ संगठन मिडिया नेपालका लुम्बिनी प्रदेश अध्यक्ष हुन् । राप्रपा तुलसीपुर ९ का अध्यक्ष पनि हुन् । उनी तुलसीपुुरमा बिभिन्न सांस्कृति कार्यक्रमहरु पनि आयोजना गर्ने व्यक्ती हुन् । साभार : अग्रिम साप्ताहिक

May be an image of 1 person, standing and text that says 'अगिम Agrim विविध 3 जीवन यात्रा 'थरी डी वाल' मा जमेका 'तेज' बताजदन कश तुलसीपुरको स सुरुवातमा संगठन मिडिया नेपालका तुलसीपुरमा किन हुन्छ हदयाघात संस्कृति मिनेटको भनिन्छ), रातोपातीबाटसाभार'