तुलसीपुरमा सञ्चालन भएको महायज्ञको आय-व्यय सार्वजनिक

सागर रोका
दाङ, ७ फागुन ।
दाङको तुलसीपुरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरिएको छ । गत माघ १३ गतेदेखि २० गतेसम्म तुलसीपुर स्थित अरनिको मैदानमा सञ्चालन भएको महायज्ञको आम्दानी र खर्च विवरण प्रस्तुत गरिएको हो । आइतबार पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराइएको हो । महायज्ञ समापन भएको १५ दिनभित्रमा मुल आयोजक समितिले आय व्यय प्रस्तुत गरेको छ ।

महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा एक कार्यक्रम गरी आयव्यय सावर्जनिक गरिएको हो । महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुस्मा लामिछानेले आयव्यय प्रस्तुत गर्दै लक्ष्य अनुसारको सहयोग संकलन गर्न सफल भएको जानकारी दिइन ।

तयारीमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ । दानदाता सम्मान खर्च शिर्षकमा ८ लाख ५८ हजार ७ सय ७ रुपैयाँ, महायज्ञ स्थल तयारीमा ७ लाख २० हजार ९ सय ५० रुपैयाँ ,खाद्यन्न खर्च २ लाख ४४ हजार ५ सय १५, स्टेशनरी खर्च ९ हजार १५,ढुवानी खर्च ९ हजार ९ सय ५०,ईन्धन खर्च ५१ हजार ८ सय २०,क्याटरीङग खर्च ५९ हजार ५ सय ५० रुपैयाँ रहेको छ ।


यसैगरी, लत्ताकपडा खर्च ४३ हजार ३ सय २८,कार्यालय उपकरण खर्च १३ हजार ९ सय र यातायात खर्च ६ हजार ९ सय ४० रुपैया रहेको छ । त्यस्तै, खपत सामाग्री भान्साका लागि ८० हजार ४ सय ९२,ग्यास ईन्धन खर्च १५ हजार ६ सय , कलाकार खर्च २ लाख ६१ हजार, स्थानिय पण्डित खर्च ७४ हजार ५ सय,प्रचार सामाग्री तथा साधन खर्च ४ लाख ७३ हजार ४ सय २९,सुरक्षकर्मी खर्च ३६ हजार ३ सय ८३,पुजा सामाग्री खरिद खर्च ८५ हजार ६सय २४,अन्य कर्मचारी खर्च २२ हजार ५ सय , शौचालय निर्माण खर्च ५५ हजार ७ सय ४२,विद्युत जडान खर्च ४ हजार १ सय ७१ रुपैया गरि कुल खर्च ३१ लाख २८ हजार १ सय ७२ रुपैया रहेको जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनको स्वागत महायज्ञ मुल आयोजक समितिका सहसंयोजक श्रवण कुमार आचार्यले गरेका थिए भने धन्यबाद ज्ञापन सदस्य सचिव बुद्ध प्रकास सिंहले गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण प्रचार प्रसार उपसमितिका संयोजक सुशील बस्नेतले गरेका थिए ।