सुनचाँदी व्यवसायी महासंघले बुझायो लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

दाङ , ३० जेठ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ लुम्बिनी प्रदेशले सुनको आयातमा सरकारले गरेको भन्सार बृद्विको खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघले सरकारले आर्थिक वर्ष ०८१/०८२ को लागी सुन आयातमा भन्सार शुल्क बृद्धि गरेको प्रति ध्यानाकर्षण गराउदै आज (बुधवार) लुम्बिनी प्रदेश मुख्यमन्त्री जोखबहादुर महरालाई ज्ञापन पत्र बुझाएको छ ।

भन्सार विधेयक मार्फत सरकारले सुन आयातमा १५ प्रतिशत भन्सार कर अशुल्दै आएकोमा हाल ५ प्रतिशत थप गरी २० प्रतिशत भन्सार शुल्क बढाएकोमा महासंघले विरोध जनाएको छ । भन्सार कर बृद्धिले आम सुनचाँदी व्यवसायी र सर्वसाधारण नागरिक समेत मर्कामा पर्ने भएकाले उक्त भन्सार कर बृद्धि खारेजीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको महासंघ लुम्बिनी प्रदेशका सचिव हरिकृष्ण विकले जानकारी दिनु भएको छ ।

भन्सार कर बृद्धिको विरुद्धमा देशभर महासंघले सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा पनि ज्ञापन पत्र बझाइएको उहाले जानकारी दिनुभयो । नेपाल सुनचाँदी व्यवसायी महाँसंघ लुम्बिनी प्रदेश सभापति धुर्बकुमार गहतराजको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।


सो अवसरमा नेपाल सुनचाँदी व्यवसायी महाँसंघका केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकार, लुम्बिनी प्रदेस सचिव हरिकृष्ण बिक, प्रदेश समिति सदस्य लिलाबहादुर वलि,नेपाल सुनचाँदी व्यवसायी संंघ घोराहिका अध्यक्ष बिनोद कुमार बिश्वकर्मा, तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष मनोज शाह, महासचिव तुल्सीराम सुनार र नेपाल सुनचाँदी ब्यवसायी संघ घोराहिका महासचिव मानबहादुर बिकको सहभागीता रहेको थियो ।

यसैविच तुलसीपुर दाङ सुनचाँदी व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय दाङमा पनि ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष हरिकृष्ण विकको नेतृत्वमा गएको व्यवसायी टोली सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनलाई ज्ञापन पत्र बुझाएको महासचिव तुलसीराम सुनारले जानकारी दिनुभएको छ ।