दंगीशरणमा जनप्रतिनिधि तथा कर्मचारीहरुकालागि २ दिने कानुन निर्माण सम्बन्धि अभिमुखिकरण

दंगीशरण, १३ पुस ।
दंगीशरण गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि २ दिने कानुन निर्माण सम्बन्धि अभिमुखिकरण तथा क्षमता विकास प्रशिक्षण कार्यक्रम एक कार्यक्रमकाविच समापन गरीएकोछ । गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा २ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रमको समापन गरीएको हो ।

शुक्रबार पहिलोदिन फौजदारी कार्यविधि कानुनी ब्यबस्था र प्रयोगको बारेमा उच्च सरकारी वकिल कार्यालयका प्रमुख धर्मावतार कोइराला र कानुनको परीचय ,संविधान,ऐन,नियम,विनियम,कार्यविधि निर्देशिका र मापदण्डका वारेमा विषेश सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता मोहन सागर बस्याले प्रशिक्षण दिएकाथिए ।

त्यस्तै शनिवार स्थानिय तहको कानु निर्माण सम्बन्धि संबैधानिक एवम कानुनि प्रावधान र संस्थागत व्यवस्थावारे सहन्यायाधिवक्ता मोहन सागर बस्याल,देवानि कार्यविधि कानुनि व्यवस्था एवम सिद्धान्त र व्यवहारवारे उच्च अदालत तुलसीपुरका न्यायाधीश अर्जुन प्रसाद कोइराला र कानुन निर्माण गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया,स्थानियतहको कानुन निर्माणका चरण एवम सरोकारवालाको भुमिकाका वारेमा प्रधानमन्त्री तथा मन्त्री परीषदको कार्यालय काठमाडौंका सह–सचिव राजेन्द्र थापाले प्रशिक्षण गरेका थिए ।

दुर्इ दिने प्रशिक्षण कार्यक्रमको समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले वडादेखि पालिकासम्म पर्ने समस्याको समाधानका लागि २ दिने प्रशिक्षण फलदायी रहेको बताए ।


प्रधानमन्त्री तथा मन्त्री परीषदको कार्यालय काठमाडौंका सह–सचिव राजेन्द्र थापाले कानुन निर्माणको प्रक्रियामामा जनशक्तीको कमिहुनु स्वभाविक रहेको तर अहिले नै कानुन निर्माणको काममा आत्तीहाल्नुपर्ने नभएको बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले २ दिने तालिमले आफु न्यायिक संयोजकको रुपमा न्याय सम्पादन गर्दा आइपर्ने कानुनि जटिलताको बारेमा प्रष्ट हुन पाउदा खुसि ब्यक्त गरिन् ।

दुइदिने अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडाध्यक्ष अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, साखाप्रमुखहरु, वडा सचिबहरु, कर्मचारी लगायतको सहभागीता रहेकोथियो ।