प्रतिष्ठानको ४ सय बेडको भवनको लागि ९० करोड बजेट

दाङ, २० जेठ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भवनको लागि ९० करोड बढि बजेट परेको छ । आ.व. ०८२/८३ को लागि भवन निर्माणको लागि ७० करोड र गतबर्षको मौज्दात रकम गरेर ९० करोड बजेट विनियोजन भएको प्रतिष्ठानका रजिस्ट्रार प्रा।श्याम लम्सालले जानकारी दिनुभयो ।


प्रतिष्ठानमा मेसिनरि औजार अनुदान तर्फ १६ करोड ८४ लाख बजेट आएको छ । प्रतिष्ठानको चालु खर्चको लागि २५ करोड ६६ लाख र पुजिगत सशर्त अनुदान तर्फ २ करोड ६२ लाख बजेट परेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनु भयो ।