बबई स्थित जनज्योति प्राविको भवन निर्माण

तुलसीपुर, ४ फागुन । दाङको बबई गाउँपालिका वडा नं.५ स्थित जनज्योति प्रावि खयरभट्टीको भवन निर्माण भएको छ ।

अर्थमन्त्री धनबहादुर मास्कीले सोही विद्यालयको बजेट बिनियोजन गरेपछि काम भएको हो । सोही भवनको पलस्तर,रङ रोगन, बायरिङ, भान्सा घर, स्टेज समेत निर्माण गरिएको छ ।


सोही विद्यालयको भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा लिइएको छ । चालु बर्षमा लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरिएको हो । पश्चिम दाङमा बिनियोजन भएका हरेक विकास निर्माणका कामहरु अघि बढेका छन् ।

जसले गर्दा नागरिक खुसी भएका छन् ।