सक्षम परीयोजना पालिका स्तरमा सुरुवाती

प्रमोद आचार्य,
दंगीशरण, ११ माघ ।
USAID को आर्थिक सहयोगमा CBM Global Disability Inclusion डेक नेपाल, बाके र KOSHIS को साझेदारीमा USAID सक्षम परियोजनाको पालिका स्तरमा परियोजना सुरुवाती कार्यशाला गोष्ठी दंगीशरण गाउँपालिकाको सभाहलमा गाउँपालिकाका सभाध्यक्ष शम्भु गिरिको अध्यक्षतामा सम्पन्न भएको छ ।

अपंगता भएका ब्यक्तिहरुको आर्थिक सशक्तीकरण गर्न बिबिधिकृत जिबिकोपार्जनका क्रियाकलाप सन्चालन गर्न अपांगता भएका ब्यक्तिको संजाल निर्माण, सीप तथा क्षमता अभिबृद्धी, रोजगार तथा बजार ब्यवस्थापनको क्षेत्रमा टेवा पुर्याउने कार्य गर्ने परियोजना ब्यवस्थापक  दिनेश बहदुर बस्नेतले बताउनु भयो ।


कार्यक्रममा बोल्दै पालिका अध्यक्ष शम्भु गिरीले अपांगताको क्षेत्रमा आफु निर्बाचित भए लगत्तै पहिलो निर्णय गरेको बताउदै अपांगताको क्षेत्रमा आफुले केहि रकम बिनियोजन समेत गरेको बताउनुभयो । अर्को एक प्रसंगमा पालिका अध्यक्ष गिरीले धेरै जसो एन जिओहरुले विभिन्न कार्यक्रमहरु गर्ने तर त्यसको सही प्रतीफल आउन नसकेको प्रती चिन्ता ब्यक्त गर्नुभयो ।

कार्यशालामा वडा अध्यक्ष तथा विभिन्न साखाका प्रमुख तथा अपांगता भएका ब्यक्तीहरुको सहभागीता रहेको थियो । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गीरीको शभापतीत्व तथा प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलिको बिशिस्ट आथित्यतामा कार्यशाला सम्पन्न भएको थियो ।