म पार्टीको जिम्मेवारी गम्भीर रुपमा निर्वाह गर्नेछु : अध्यक्ष रुपलाल चौधरी

तुलसीपुर
७ कात्तिक / नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १५ को अध्यक्षमा रूपलाल चौधरी चयन भएका छन् । शनिबार भएको प्रथम वडा अधिवेशनबाट चौधरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।

जसको उपाध्यक्षमा धनी डाँगी , सचिवमा तेलाराम बुढाथोकी, उपसचिवमा श्यामलाल बूढा र तिलकराम नेपाली चयन भएको निर्वाचन अधिकृत राजिव ओझाले जानकारी दिए ।


नवनिर्वाचित अध्यक्ष चौधरीले आफूलाई पार्टीले दिइएको जिम्मेवारी गम्भिररुपमा निर्वाह गर्ने बताए । उनले आफूलाई वडाको नेतृत्व गर्नको लागि साथ सहयोग गर्ने सम्पूणर्लाई धन्यबाद ज्ञापन समेत समेत गरे । उनले आफ्नो नेतृत्वको टिमले पार्टीको विकासका लागि एक भएर लाग्ने समेत बताए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका १५ का वडाध्यक्ष लक्ष्मण चौधरीले नवनिर्वाचित टिमलाई कार्यकालको शुभकामना दिँदै पार्टीलाई बलियो बनाउनको लागि अझ थप काम गर्नुपर्नेमा जोड दिए ।