सरकारी बिद्यालय बाेर्डिङ भन्दा निकै अगाडि छन् : अध्यक्ष क्षेत्री

हापुरे, ०१ चैत । 
दाङको बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालय अगाडि रहेको बताउनुभएको छ। बबई गाउँपालिका ५ खयरभट्टीमा रहेको जनज्योति प्राथमिक विद्यालयले आयोजना गरेको अभिभावक भेलालाई सम्बोधन गर्दै अध्यक्ष क्षेत्रिले देशका उच्चपदस्थ ब्यक्ति देखि कर्मचारी सम्म बन्ने भनेका सामुदायिक विद्यालयबाट अध्यन गरेका ब्यक्ति हरु नै हुने बताउनुभयो ।

विद्यालयलाई अंग्रेजी माध्यमबाट सञ्चालन गर्न आयोजना भएको अभिभावक भेलालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै अध्यक्ष क्षेत्रीले प्रदेश र स्थानिय सरकारले संघीय सरकार संग बाझिने कानुन बनाउन नमिल्ने भन्दै बबईमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने कुरामा अहिले नै जस्ताको त्यस्तै लागु गर्न सकिन्छ नसकिने बताउनुभयो ।


उहाँले यस बिषयमा कार्यपालिका बैठकमा छलफल गरी गाउँ शभाबाट प्रदेश र संघीय सरकार संग नबाझिने गरि कानुन बनाएर कार्वनयन गर्न आफुले भरपुर प्रयास गर्ने बताउनुभयो ।  बबईको शिक्षा क्षेत्रलाई माथि उठाउने कुरामा स्थानिय सरकार सकारात्मक रहेको बताउदै अध्यक्ष क्षेत्रिले समय अनुसार शिक्षाको स्वरुप परिबर्तन गर्न आवश्यक रहेको समेत बताउनुभयो ।