प्रतिष्ठानमा युरोलोजी सेवा सुरु

दाङ,२० माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभाबकारी बन्दै गएको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले ओपिडिबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको युरोलोजी स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो । यो संख्या साउनदेखि माघको तेस्रो हप्तासम्मको हो । युरोलोजि सेवा जिल्लामा नहुदा बिरामीहरु सामान्यदेखि बिशिस्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।

युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने प्रतिष्ठानका युरोलोजीष्ट डा. प्रबोध रेग्मीले बताउनुभयो ।


अस्पतालमा युरोलोजि सेवा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उहाँले बताउनुभयो । प्रतिष्ठानका सुचना अधिकरि निशानदाजु भट्टराईले युरोलोजि सेवा अन्तरर्गत साना तथा ठुला गरेर हालसम्म झण्डै २ सय जना बिरामीको सफल अप्रेसन भएको जानकारी दिनुभयो । जसअनुसार ९८ जना बिरामीको गम्भिर प्रकृतिको अप्रेसन भएको छ भने १ सय १ वटा सामान्य अप्रेसन गरिएको छ ।