तुलसीपुरका दुई जुवा अड्डाबाट १९ जुवाडे पक्राउ, करिब साढे २ लाख रकम बरामद

तुलसीपुर
६ कात्तिक / तुलसीपुरलाई प्रहरीले १९ जुवाडेलाई पक्राउ गरेको छ ।

शनिबार साँझ तुलसीपुरका दुई जुवा अड्डाबाट जुवा खालबाट दुई लाख ४५ हजार नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो ।


तुलसीपुरको अटो भिलेजभित्र जुवा खेलिरहेको अबस्थामा ७५ हजार नगदसहित १२ जना र बजारमै जुवा खेलिरहेको अबस्थामा एकलाख ७० हजार नगद सहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक शुरेस काफ्लले जानकारी दिए ।

पक्राउ परेकाहरुको नाम ठेगाना भने सोधपुछ भइरहेको छ ।