एयरपोर्ट, चारलेन सडक जस्ता दाङका मेघा प्रोजेक्टमा धोका भए संघर्ष हुन्छः अपार

तुलसीपुर, ६ जेठ ।राष्ट्रियसभा सदस्य तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य जगप्रसाद शर्मा(अपार)ले दाङका मेघा प्राजेक्टका विषयमा राष्ट्रियसभामा ध्यानाकर्षण गराएका छन् ।

सोमबार राष्ट्रियसभामा बोल्दै अपारले टरिगाउँ एयरपोर्ट, घोराही–तुलसीपुर चारलेन सडक, माडी डाइभर्सन, ग्वारखोला हाइड्याम्पजस्ता प्रोजेक्ट दाङका मेघा प्रोजेक्ट भएको भन्दै यी प्रोजेक्टमा यस बर्ष बजेट नआएमा संघर्ष हुने बताएका हुन् ।


विगतमा पनि आस्वासन मात्रै पाएको भन्दै यस बर्ष जसरी पनि यी प्रोजेक्टमा बजेट हाल्ने भनेर प्रधानमन्त्रीबाट पनि आश्वासन आएको भन्दै यदि धोका भएमा संघर्षको विकल्प नभएको समेत बताए ।

साथै यहाँको शिक्षा, स्वास्थ्य,पर्यटन क्षेत्रकालागि समेत बजेट माग गरेका छन् ।