महिला स्कुटर स्लो रेसका प्रतियोगिले निःशुल्क फिल्म हेर्न पाउने

तुलसीपुर,०५ असोज ।
दाङको तुलसीपुरमा महिला स्कुटर स्लो रेस प्रतियोगिता हुने भएको छ । आर्टिस्ट इन्टरटेनमेन्टको आयोजनामा प्रतियोगिता हुनेछ । अरनीको मैदानमा असोज ७ गते विहान ७ बजे प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. ५ हजार,  द्वितीयलाई रु. २ हजार ५ सय र तृतीय हुनेलाई रु. एक हजार दुइसय ५० पुरस्कार प्रदान गरिनेछ।


प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई दुईवटा टिकट उपलब्ध गराई चलचित्र ‘बा युद्ध’ हेर्ने अवसर प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेताका परिवारका सदस्यहरूलाई समेत ‘बा युद्ध’ चलचित्र हेर्ने व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाहरूले आयोजकले उपलब्ध गराएको दर्ता प्रक्रियामार्फत सहभागिता जनाउन सक्नेछन्।