दाङ, १४ माघ ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्केका व्यक्तिहरूका संजालको क्षमता विकास सम्बन्धि दुई दिने कार्यक्रम आजबाट लमहीमा शुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सदस्य दिनेश आचार्यले नेपाल सरकारले वैदेशिक रोजगारबाट फर्केकाहरुमा ठूलो लगानी लगाएको छ तर त्यो लगानी सम्बन्धित ठाउँमा पुगेको छ छैन बुझ्न जरुरी रहेको बताउनु भयो ।
वैदेशिक रोजगारबाट फर्केका मध्य नब्बे प्रतिशत रोजगारमा जोडिएको उहाँको भनाई छ । कतिपय दुःख पाएर फर्किएका छ्न् भने कतिपयले राम्रो सीप सिकेर पनि आएको तथ्यांक छ, हाम्रो संस्थाले विभिन्न कारणले नेपाल फर्केकाहरुको विवरण संकलन गर्दैछ’ आचार्यले भन्नू भयो ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सकभर स्वदेशमै स्वरोजगार बन्नु पर्ने कुरामा जोड दिनु भएको छ । तर वैदेशिक रोजगारीका लागि जानै परे सबै कुरा बुझेर मात्र जान सबैमा आग्रह गर्नु भएको छ । तेस्रो मुलुकका नीति नियम ऐन कानूनका बारे राम्रोसँग बुझ्नु पर्छ, कानूनी कुराहरु नबुझ्दा धेरै नेपालीले दुःख पाएका छ्न, स्वयंसेवकहरुले बाहिर जानका लागि तयार भएका मानिसहरुलाई राम्रोसँग सल्लाह सुझाव दिनु होला उहाँले भन्नू भयो ।
लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षता तथा रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सदस्य दिनेश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद शर्माको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।
सामी कार्यक्रम दान्की कार्यक्रम संयोजक बसन्ता पुन र सामाजिक परिचालन प्रभा रोकाले प्रशिक्षण दिनु हुने छ । दुई दिन सम्म चल्ने कार्यक्रममा अठार जना रेटर्नी स्वयंसेवकहरुको सहभागिता रहेको छ ।
लाइभदाङ । १४ माघ २०८०, आईतवार १३:०१ बजे