सागर रोका
दाङ, ९ जेठ ।
राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित भैसाही नाकामा रहेको सशस्त्र प्रहरी बलको सरकारी तीन तले भवन बने लगत्तै नाका क्षेत्रमा रहेका नाका बासीहरु धेरै खुशी भएका छन । नाका क्षेत्रभरीमा सबै भन्दा ठुलो र राम्रो भवन बनेको हो ।
पुर्व कोइलावासदेखि पश्चिम भौवा नाकासम्म रहेको १३ वटा सशस्त्र प्रहरी बल क्याम्प मध्य १० वटा स्थायी र ३ वटा भने अस्थायी रहेको राजपुर गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष पुष्कर वलीले जानकारी दिए । जसमा १३ वटा भवन मध्य सबै भन्दा ठुलो र फराकिलो भवन भैसाही नाकामा बनेको छ ।
नाकामा भनेको जस्तो भवन नहुदा ईन्डियाको एसएसबी प्रहरीले समेत खिल्ली गर्ने र नेपालको सशस्त्र प्रहरी भवन छैन भन्दै मजाक गर्दै आएको सोही गाउँका स्थानीय पुर्ण रोकाले बताए ।
सशस्त्र प्रहरी बलले सिमानामा रहेको हरेक जंगे पिलरको रेखदेख गर्ने मात्रै नभएर नेपाल भारतबाट हुने गतिविधिलाई समेत कायम गर्दै आइरहेको छ । यति मात्रै नभएर भारतबाट आउने हरेक भारतीय नागरिकलाई चेकजाँच र इन्ट्री पास गरेर मात्रै नेपाल प्रवेश गराउने गरेको छ ।
भैसाही नाका लगायत सबै नाका क्षेत्रमा रहेको ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल भएपछि नाकामा हुने चोरी र लुटपाट ठगी हुनबाट मात्रै नभएर भारतबाट आएका भारतीय नागरिकहरुले सिमानामा बसोबास गर्ने नेपाली बासीलाई गर्ने दुव्र्यवहार जस्ता कार्यहरू परिवर्तन भएको स्थानीय बासिन्दा मोहन खड्काले बताए ।
त्यसैगरी नाकामा कुनै पनि समस्या परेमा रात विराटमा गाउँ घरमा कोहि ब्याक्ती दुख बिरामी भएमा नेपालसंग जोडिएको भारतको नजिकै रहेको बजार सिरसिरिया हस्पिटलमा पुराउदै आएको सशस्त्र प्रहरीले जनाएको छ ।
राजपुर गाउँपालिकाबाट नाका क्षेत्रमा आउने मोटर बाटो ६ महिना चल्ने र ६ महिना बन्द हुने बाटो नियमित संचालन भए अझ नाका बासीलाई मात्रै नभएर टाढा–टाढाबाट आउने हरेक मानिसहरुलाई आवतजावत गर्नको लागी सहज हुने स्थानीय बासिले भने । २०४० सालमा बसोबास भएको नाका क्षेत्रका मानिसहरूले पहिलेको भन्दा धेरै परिवर्तन भएतापनि अझै हरेक सेवा सुबिधाबाट बन्चित भएको सिमगजमरी टोलका स्थानीय बेद प्रसाद केसीले बताए ।
नाका क्षेत्रको सिमानाको हरेक टोल र गाउँ बस्तीमा अझैसम्म पनि भनेको जस्तो सेवा र सुबिधा भने हुन सकेको छैनन । प्राय जसो नाका क्षेत्रमा खर र काटले बनेको घर हुने भएकाले धेरै जसो गर्मी मौसममा भारतको जङ्गलबाट आउने ढडेलोले गर्दा नाकामा धेरै जसो आगलागीबाट नोक्सानी खेप्नुपरेको स्थानीयहरुको गुनासो छ ।
लाइभदाङ । ९ जेष्ठ २०८१, बुधबार २२:२० बजे