तुलसीपुरमा बिभिन्न पार्टी परित्याग गरि ७० जना एकीकृत समाजवादीमा प्रवेश

तुलसीपुर
५ कात्तिक / नेकपा (एकिकृत समाजवादी) तुलसीपुर नगर स्तरीय भेला भएको छ । पार्टी नगर अध्यक्ष विष्णु थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज जोग बहादुर राणाको प्रमुख आतिथ्यमा भेला भएको हो ।

भेलामा बिभिन्न पार्टी परित्याग गरि ७० जना एकीकृत समाजवादीमा प्रवेश गरेको एकीकृत समाजवादी निकट युवा संघ दाङका उपाध्यक्ष हरिश गिरीले बताए ।
त्यस अवसरमा पार्टीका लुम्बिनी प्रदेश सदस्य भुप बहादुर केसी, पार्टीका दाङ जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख डिल्ली डाँगी, सचिवालय सदस्य तारा देवकोटा, अलिबक्स मियालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नगर सचिब दिपक कुमालले गरेका थिए ।


भेलामा वभिन्न नेताहरुले आफ्नो वडा र संगठनको रिपोर्टिङ राखेका थिए ।