करेन्ट लागेर गम्भिर घाइते भण्डारीको मृत्यु

दाङ, २ साउन ।
सल्यानमा करेन्ट लागेर एक युवकको निधन भएको छ । करेन्ट लागेर कालिमाटी गाउँपालिका वडा नम्बर २ का २६ वर्षिय बविन भण्डारीको निधन भएको हो ।


सोमबार बिहान घर नजिकै पोलमा विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका भण्डारीको मृत्यु भएको हो । भण्डारीको शबलाई राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको पत्रकार मनोज कुमार आचार्यले जानकारी दिनुभयो ।