माओवादी केन्द्र तुलसीपुरले भन्यो : ‘पीडित किसानलाई क्षतिपूर्ति देउ’

तुलसीपुर
३ कात्तिक / नेकपा (माओवादी केन्द्र) तुलसीपुरले किसानहरुलाई क्षतिपूर्ति दिन सरकारसंग माग गरेको छ ।

बेमौसमी बर्षाले गर्दा किसानहरुले भित्र्याउने तयारी अबस्थामा रहेको धान बालीमा क्षति भएको भन्दै बास्तबिक पीडित किसानहरुको पहिचान गरि क्षतिपूर्ति तथा राहतको व्यबस्थापन गर्न केन्द्र तथा प्रदेश सरकारसंग माग गरिएको हो ।


अध्यक्ष खुसीराम चौधरीले एक विज्ञप्ति जारी गरि विपदमा परेका किसानहरुलाई उद्दारमा सहयोग पु¥याउन पार्टी पंक्ति तथा जनसमुदायलाई अपील समेत गरेका छन् ।