टरिगाउँ बिमानस्थलको बिकासकालागि उद्योग बाणिज्य संघको चासो

टरिगाउ शरद रेग्मी
तुलसीपुर,माघ २१ ।
दाङको एकमात्र टरिगाउ बिमान स्थलको बृहत्तर बिकासका लागि तुलसीपुर उधोग बाणिज्य सङ्घले निरन्तर चासो ब्यक्त गर्दै आएको छ ।
अस्तब्यस्त रहेको टरिगाउ बिमानस्थलको स्तर उन्नति सहित सहुलियत भाडादरमा सुचारु गर्न आईतबार फेरि तुलसीपुर उद्योग बणिज्य संघले सर्बपक्षिय सर्बदलिय बैठकको आब्हान गरेको छ ।

स्थानिय,प्रदेश र सङ्घिय सरकारले दाङमा रहेको बिमानस्थलको बिकाशमा कुनै भुमिका खेल्न नसकेको भन्दै पुनः निजि क्षेत्रले चासो लिनुपरेको तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनुभयो ।


हामि अरु अबसर र सम्भावनाहरुको खोजिमा छौ चर्को भाडा तिरेर काठमाडौं जाने र आउने बिकल्प खोज्न सुरु भैसकेको छ निजि यएरलाईन्स सङ्ग पनि छलफल भैरहेको छ अध्यक्ष चालिसेले भन्नुभयो ।
यता बाणिज्य सङ्घका अध्यक्ष चालेसे र महासचिब बिनिल केसिले शुक्रवार एक बिज्ञप्ति जारि गरि आईतबार दिउसो १ बजे बाणिज्य सङ्घको सभाहलमा उपस्थितिका लागि सरोकारवाला सबैलाई आब्हान गरिएको छ ।