अबको आन्दोलन विकास र समृद्धिः पुर्व मन्त्री गिरी

प्रमोद आचार्य  

दंगीशरण, ३ माघ / दाङ जिल्लाको निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य, पुर्व सिचाइ मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले अबको आन्दोलन भनेको विकास, शुसासन र समृद्धिकालागी हुनुपर्ने बताएका छन् । विभिन्न चरणका राजनितिक आन्दोलनले मुलुकमा संघात्मक संविधान जारी भएर संघियताको अभ्यास गरीरहेको अवस्थामा अब सबैले समृद्धिकालागी एक जुट हुनुपर्ने बताएका छन् ।

‘पहिलेको हेकुली हेर्नुस, अहिलेको दंगिशरण हेर्नुस, हामीले सिचाइ, पुल, पक्कि सडक तथा नदिमा तटवन्ध समेत पाएका छौं, विकास निर्माणमा कुनैपनि राजनितिक आग्रह पुर्वाग्रह छैन’, दंगिशरण गाउपालिकाको नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गिरीले भने । तात्कालन वाह्र बर्षे शशस्त्र द्धन्द्धलाइ तात्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याएको स्मरण गर्दै नेता गिरीले जनताको विकास निर्माणको आकांक्षालाइ कुनै पनि आग्रह पुर्वाग्रह नराखी पुरा गर्न आफु प्रतिवद्ध रहेको पनि बताए । आफु संघिय संसदमा विद्ययकका रुपमा रहेको बताउदै उनले आफ्नो निर्वाचन क्षेत्र मात्र नभएर सिंगो मुलुकको समृद्धिकालागी संसदमा आवाज उठाउदै आएको पनि अभिव्यक्ति दिए ।

‘तपाइले मलाइ निर्वाचित गरेर संसदमा पठाउनु भएको हो, तपाइको विकास र समृद्धिका चाहनालाइ पुरा गर्न अहोरात्र संसदमा आवाज उठाइरहेको छु, नेता गिरीले भने, संसद नभएको वेला मात्र जिल्लामा आएर जनआकांक्षा बुझ्ने हो।’ साथै उनले अब दाङ जिल्लालाइ सडक र हवाइ यातायातले पनि जोड्न आफु अहोरात्र खटिरहेको पनि बताए । ‘कसले के भने भन्ने मलाइ थाहा छैन, तर क्षत विक्षत भएको चारलेन सडक बैसाख महिनाभित्रै पुर्न ठेक्का प्रक्रियामा जाने छ’, नेता गिरीले भने । आफुहरुले संसदमा आवाज बुलन्द गरेपछि मात्र सरकारले क्षतविक्षत भएको सडक टालटुल गर्ने बजेट दिएर काम समेत भैसकेको बताउदै अब यो सडकलाइ चारलेनका रुपमा स्तरबृद्धि गर्नुको कुनै विकल्प नभएको पनि बताए ।


सोहि अवसरमा बोल्दै उनले तुलसीपुरको टरीगाउ विमानस्थललाइ पनि पुर्न डिपिआर गरेर ठुला विमान अवतरण गर्न सक्ने एयरपोर्टका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘अब हवाइ सेवा सन्चालनकालागी क्षेत्रीयताको कुनै विवाद छैन, टरीगाउ विमानस्थलको स्तरोन्नतीको कुनै विकल्प नभएकाले पुनः डिपिआर बनाउने अन्तिम तयारी भैरहेको छ’, नेता गिरीले भने । टरीगाउ विमानस्थलमा धावन मार्ग विस्तार गरी ठुला विमान चल्ने बनाउन आवस्यक जग्गा समेत रहेको उल्लेख गर्दै एयरपोर्टमा कुनै राजनिति नगर्न पनि उनले आग्रह गरे । त्यसैगरी सुकौराकोट दरवारलाइ पनि पुर्नउत्थान गरी एउटा ऐतिहासीक पर्यटकिय क्षेत्रका रुपमा विस्तार गर्न पनि आफु लागी परेको उनको अभिव्यक्ति थियो । साथै उनले कार्यक्रममा बोल्दै जनतालाइ दिने कानुन सम्मत सेवाकालागी आम राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु कुनैपनि आग्रह पुर्वाग्रहमा लाग्न नहुने पनि सुझाव दिए ।

दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, बबई  गाउँपालिकाका अध्यक्ष कुल बहादुर क्षेत्री, शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरी, समन्वय समिति सदस्य टोपाराम चौधरी, नेपाली कांग्रेस क्षेत्रीय सभापति जगत खड्का, नेकपा एमाले दंगिशरण इकाइ सभापति तथा वडा नं. ७ का अध्यक्ष रेशम वली, वडा नं. १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रेशम भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा दंगिशरण गाउँपालिकाका विभिन्न समुहका थारु नृत्य तथा सांगितिक प्रस्तुती देखाइएको थियो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका पुर्व प्रमुख प्रशाशकिय अधिकृतहरु निमराज भट्टराइ, अमर वहादुर वली, खिम प्रसाद खड्का, चन्द्र कान्त पौडेल तथा भवन निर्माण कम्पनी शाह निर्माण सेवा बांकेलाइ पनि कदरपत्रले सम्मान गरिएको थियो । गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत डिलाराम पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष पिमा वली खड्काले सहभागिहरुलाइ धन्यवाद ज्ञापन गरेकि थिइन् भने कार्यक्रमको सहजीकरण दंगिशरण गाउपालिकाका टेक वहादुर खत्रीले गरेका थिए ।

नवनिर्मित भवन वि.सं. २०७८ शालमा निर्माण सम्झौता भएको थियो । वि.सं. २०८० असार ३० गते निर्माण सम्पन्न भएको थियो । भ्याट वाहेक ३ करोड ८५ लाख ८७ हजार ३ सय २३ रुपैयाको लागतमा सो भवन निर्माण सम्पन्न भएको गाउपालिकाले जनाएको छ । अपांग मैत्री संरचना, वालमैत्री, ज्येष्ठनागरीक मैत्री तथा लैगिक मैत्री तीन तले सो भवनमा सुचना प्रविधि जडित सुविधासम्पन्न कम्तिमा २५ कोठा सहित स्तरीय कार्यपालिका बैठक हल समेत रहेको छ । दंगिशरण गाउपालिकाले नयां प्रशाशकिय भवन निर्माण गरेसंगै संघियता आए यता राप्ती गाउँपालिका, बङ्गलाचुलि गाउँपालिका, बबई  गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिकाले नया भवन पाएका छन् भने शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र घोराही उपमहानगरपालिकाले भने नया भवन निर्माणको प्रक्रियामा रहेका छन् ।