नबनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम

निराश पान्डे

शान्तिनगर, ११ जेठ ।


शान्तिनगर गाउँ पालिका वडा नम्बर ३ स्थित बि पि कोइराला माध्यमिक विद्यालय बयाले सिंतरा दाङ्गले आज एक कार्यक्रमका बिच नबनिर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत एवं सम्मान गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशिधर के सि को अध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयमा मा बि तहमा दरबन्दी अनुसार शिक्षक नहुदा पठन पाठनमा गार्‍हो भएको हुँदा सबैको ध्यान यश तर्फ जानू पर्ने आवश्यक रहेको बताएका छन साथै बक्ताहरुले विद्यालयको शैक्षिक सुधारका लागि सबैको उत्तिकै दायित्व रहेको समेत बताएका छन। कार्यक्रममा नबनिर्वाचित गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा के सि लाई टीका र खादाले स्वागत एवं सम्मान गरिएको थियो कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यमा रहेको बताउदै शान्तिनगरका सबै विद्यालयहरुमा विद्यार्थी , अभिभावक र शिक्षकको त्रीकोणात्मक सम्बन्ध हुन जरुरी रहेको बताउनु भयो।

कार्यक्रममा गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत रेमन्त बहादुर डाङ्गी, विद्यालयकि प्रधानाध्यापक तुलसी गिरि, पुर्ब प्रधानाध्यापक भागवत न्यौपाने , वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर के सि , सामाजिक ब्यक्तित्व नन्द लाल पान्डे, नेपाली कांग्रेस वडा नम्बर तिनकी सभापति पार्बती पुन, शिक्षक अभिभावक संघका अध्यक्ष भुप बहादुर पुन, नेपाली कांग्रेस प्रदेश ख का सचिब लेवाराम आचार्य लगाएतका वक्ताहरुले बोलेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक निम बहादुर नेपालीले गरेका थिए।उक्त विद्यालय २०३५ सालमा स्थापना भएको बताइएको छ।