दंगीशरण–५ मा बाख्रा उपहार कार्यक्रम

प्रमोद आचार्य
दंगीशरण, १२ भदौ ।
दंगीशरण गाउँपालिका कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता तथा हेफर प्रोजेक्टको साझेदारीमा संचालित परीयोजना, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा दंगीशरण गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा उपहार कार्यक्रम वडा नं. ५ को सलौरा कुरी टोलमा सम्पन्न भएको छ ।

गत वर्षदेखी संचालित बाख्रा उपहार कार्यक्रम अन्तर्गत वितरण गरिएक माउ बाख्राबाट उत्पादित उपहार बाख्रा समुहका अन्य सदस्यहरुलाई एक कार्यक्रमका विच प्रदान गरीएको हो ।भोकालाई एक छाक भोजन होइन जिउने जुक्ती सिकाउ भन्ने उदेश्यका साथ दंगीशरण कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युवा उद्यमशिलता साझेदारी अन्तर्गत वडा नं. ५ को कुरीमा रहेको शिवशक्ति समुहका सदस्यहरुले वडा नं. ५ मा रहेको हरीयालि समुहका दिदिबहिनीहरुलाई बाख्रा उपहार प्रदान गरेका हुन् ।

गाउँपालिकाको ७० प्रतीशत र हेफर प्रोजेक्ट नेपालको ३० प्रतिशत सहयोगमा दंगीशरणमा कृषि तथा पशु पंछिको क्षेत्रमा प्रभावकारी काम गर्न परीयोजना लागु गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।अध्यक्ष गिरीले भौतीक पुर्वाधारलाई मात्र विकास नठानि किसानी जनताको आर्थिक अवस्था मजबुत र सबैको चेतनाको विकास गर्नसके मात्र आफुहरुको नारा समुन्नत दंगीशरण हाम्रो परीकल्पना नाराले सार्थकता पाउने बताउनुभयो ।


यस्तै कार्यक्रमका बिशिस्ट अथिती गाउँपालिका उपाध्यक्ष पिमा वलिले सानो स्रोतबाट ठुलो उपलब्धि प्राप्त गर्न बाख्रा उपहार कार्यक्रमले ठुलो सहयोग मिल्ने अपेक्षा लियको बताउनुभयो । महिलाहरुलाई सङ्गठित गर्न र स्रोतको परीचालन गर्दै आय स्तरमा वृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । स्रोतको वृद्धि गरी समृद्धि समाज निर्माण गर्न यस्ता कार्यक्रमरुले टेवा पुर्याउने उहाँको भनाइ छ।

बाख्रा उपहार कार्यक्रम शिव शक्ति समुहका अध्यक्ष गोमा आचार्यको अध्यक्षता,गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यता,गाउँपालिका उपाध्यक्ष पिमा वलि खडका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराई र वडा नं. ५ का वडा अध्यक्ष निरज बस्नेतको बिशिस्ट आथित्यतामा बाख्रा उपहार कार्यक्रम सम्पन्न भएको हो । शिबसक्ती समुहका सदस्य छबि कुमारी केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समुहका सचिब नमुना लामिछानेले गर्नुभएको थियो ।