पत्रकारले धर्म भुल्नु हुँदैनः बोहरा

तुलसीपुर,२ माघ । पत्रकारले धर्म भुल्न नहुँने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

सिएनटी प्रेस डटकमको बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा पत्रका दीपक बोहराले पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति देखिएको भन्दै त्यसलाई न्यूनिकरण गर्न पत्रकारिको धर्म, मर्म, मूल्य, मान्यता र आचरसंहिता पालना गर्नुपर्ने बताएका हुन् ।

यथार्त, सन्तुलन र विश्वसनियता पत्रकारिताका सिद्धान्त भएको भन्दै यसलाई ख्याल गर्नुपर्ने उनको भनाई थियो । केही पत्रकारहरुले आचरसंहितालाई ख्याल नगर्दा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित गर्न सक्ने भन्दै यसमा सबैले ख्याल गर्नुपर्ने उनको भनाई थियो ।


बिभिन्न सञ्चार माध्याममा सम्पादकीय नेतृत्व गरेर काम गरिसकेका बोहरा डेढदशकदेखि दाङमा पत्रकारिता गरिरहेका छन् ।हाल उनले लाइभदाङ डटकम र अग्रिम साप्ताहिक पत्रिका समेत सञ्चालन गर्दै आएका छन् ।

May be an image of 7 people and people studying