
दाङ, २७ पुस।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.४ खाद्रेका एक बालक सम्पर्क विहीन भएका छन्। साजन बुढाका १३ वर्षीय छोरा यमबहादुर बुढा पुस २० गतेदेखि हराएका छन् ।
उनी पुस २० गते करिब ३ बजेतिर गोल खेल्ने चौरमा फुटबल खेल्न जान्छु भनि घरबाट निस्किएपनि त्यो दिनदेखि सम्पर्कमा नआएको बुवा बुढाले बताए ।
जनश्रम माध्यमिक विद्यालय, खाद्रेमा कक्षा ६ मा अध्ययनरत उनी हराएपछि परिवारले खोजी गरिदिन आग्रह गरेको छ ।
खोजीकालागि आफन्तले शनिबार मात्रै इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका छन् ।
यमबहादुरलाई देख्नुहुने वा उनको बारेमा कुनै जानकारी पाएमा नजिकैको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन परिवारले आग्रह गरेको छ । जानकारीका लागि ९८६८६३००७३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।



लाइभदाङ । २७ पुष २०८२, आईतवार २१:२१ बजे