त्रेशिदेश्वरी र तुलसिपुर स्पोर्ट्स एकाडेमीको बिजयी सुरुवात

लक्ष्मण बस्नेत
असोज २३ दाङ ।
दाङको तुलसिपुरमा संचालित दोस्रो ईन्टर दाङ भ्याली टि( २० क्रीकेट च्याम्पियनसिपमा त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर र तुलसिपुर स्पोर्ट्स एकाडेमीले बिजयी सुरुवात गरेका छन् ।
डि भि सि सि दाङको आयोजना तथा पार्टी फ्लो रेस्टुरेन्ट तुलसिपुरको मुख्य प्रायोजनमा महेन्द्र माबी खेलमैदान तुलसिपुरमा सनिवार भएको उद्घाटन खेलमा बुटुनिया युथ क्लब तुलसिपुर लाई ५ विकेट ले पराजित गर्दै डिफेण्डिङ च्याम्पियन त्रीशिदेश्वरी स्पोर्ट्स क्लव तुलसिपुर ले बिजयी यात्रा सुरु गरेको हो ।
त्यस्तै सिटि स्पोर्ट्स क्लब शान्तीनगर लाई ६ विकेट ले पराजित गर्दै तुलसिपुर स्पोर्ट्स एकाडेमीले आफ्नो बिजयी यात्रा सुरु गर्‍यो १
उद्घाटन खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदान उत्रीएको बुटुनिया युथ क्लबले २० ओभरको समाप्तिमा आफ्ना सबै विकेटको क्षेतिमा ८७ रन जोडेको थियो १ जसमा अर्पन चौधरी ले ४१ रनको योगदान दिएका थिए १ त्यस्तै बलिङ तर्फ त्रीशिदेश्वरीका आश्विन ले ३ विकेट लिए १
८८ रनको बिजयी लक्ष्य पच्छाएको त्रीशिदेश्वरी ले ११ दशमलव ३ ओभरमा आफ्ना ५ विकेट को क्षतिमा सो लक्ष्य भेट्टाएको थियो १ जसमा थम्मन ओलि २९ र संकर बुढाले १८ रन जोडे १ बुटुनियाका हरिस ले २ विकेट लिए १ खेलमा सर्वाधिक ३ विकेट २४ रनको योगदान दिएका आश्विन म्यान अफ द म्याच भए ।
त्यस्तै सिटि युथ क्लब शान्तिनगर ले दिएको ८५ रनको बिजयी लक्ष्य तुलसिपुर स्पोर्ट्स एकाडेमी ले ११ दशमलव ३ ओभरमा आफ्ना ४ विकेट को क्षेतिमा भेट्टाएको थियो १ जसमा कमल चौधरीले सर्वाधिक ३८ र विशाल ले २१ रनको योगदान दिए १ खेलमा सर्वाधिक ४ विकेट लिन सफल तुलसिपुर स्पोर्ट्स एकाडेमिका सन्दीप नेपाली म्यान अफ द म्याच घोषित भए १ प्रतियोगिता अन्तरगत आईतवार ३ खेल हुनेछन १ बिहान ८ बजे हुने पहिलो खेलमा वाई ओ टि र भ्यालिजुनिएर घोराही, दोसो खेलमा ट आर सि सि र डि एस सि सि र तेस्रो खेलमा पुरन्धारा र सि वाई सि एस भिड्नेछ्न् १ यसैबिच प्रतियोगिताको उद्घाटन क्लबका अध्यक्ष आभाष बुढाथोकीको अध्यक्षता तथा नेपाली काग्रेस तुलसिपुर नगर सभापति सुरेश हमालको प्रमुख आतिथ्यमा भएको थियो ।
पहिलो संस्करण सफलता पुर्बक सम्पन्न गरेको डि भि सि सी ले जिल्ला मा क्रीकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई क्रीकेट खेलमा स्थापित गर्ने उदेश्यका साथ क्रीकेट च्याम्पियनसिप को आयोजना गरेको बताएको छ १ प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।