रोल्पाको सुनछहरीमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

नवीन लोचनमगर
रोल्पा, २९ साउन ।
रोल्पाको सुनछहरी गाउँपालिका–२, भित्रीगामको फलबाङमा बिहीबार राती माथिबाट आएको पहिरोमा परि बेपत्ता चारै जनाको शव भेटिएको छ।

सुनछहरी गाँउपालिका–२, फलबाङका ७७ वर्षीय बिरु घर्तीमगर, ६८ वर्षीया शनि घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र सुनछहरी गाउँपालिका–२ गिट्ठेमा बस्ने ६४ वर्षीय लामी घर्तीमगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए ।


मृतक बिरु र शनि श्रीमानश्रीमती हुन् भने अर्को एकजना बिरूका घरमा पाहुना आएका छिमेकी आफन्ती हुन्। राति पहिरोले घर पुरेको खबर प्रहरीले बिहान अबेला जानकारी पाएको थियो।

जिल्लाकै थबाङ–५ कोटलबारामा बुधबार राती गएको पहिरोका कारण १० जनाको मृत्यु भएको थियो भने तीनजना अझै बेपत्ता छन् ।