हापुरे ब्यापारिक तथा कृषि पर्यटन महोत्सव सफल बनाउन सर्वदलीय बैठक सम्पन्न

हापुरे, ३ पुस ।
दाङको बबई गाउँपालिकाको हापुरेमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने हापुरे ब्यापारिक तथा कृषि पर्यटन महोत्सव सम्पन्न गर्न सर्वदलीय बैठक आयोजना गरिएको छ ।

सोमबार बबई गाउँपालिका ५ पदमपुरमा रहेको पदमपुर सामुदायिक बनको प्राङ्गणमा सम्पन्न बैठकले मेला सभ्य भब्य र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने निर्णय गरेको छ।


बैठकमा स्थानिय जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष, इलाका प्रहरी कार्यालय खिलतपुर र हापुरेका प्रमुख रेडियो हापुरेका प्रमुख तथा महोत्सवका प्राचारप्रसार संयोजक रामप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।