तुलसीपुरमा बगेश्वरी युवा समाज गठन

तुलसीपुर, २ असार ।
तुलसीपुरमा बगेश्वरी युवा समाज गठन भएको छ। तुलसीपुरमा आयोजित एक कार्यक्रम बीच पुर्ण बिक्रम डाँगीको अध्यक्षतामा तुलसीपुर नगर युवा समाज गठन तथा शपथ कार्यक्रम सम्पन्न गरिएको हो।

बगेश्वरी समाज दाङ जिल्ला अध्यक्ष हुकुम बहादुर डाँगीका अनुसार अध्यक्षमा पुर्ण बिक्रम डाँगी, उपाध्यक्षमा नरेन्द्र कुमार डाँगी, घनश्याम डाँगी, पुर्ण बहादुर डाँगी, हिमाल डाँगी, सचिवमा घनश्याम डाँगी, सहसचिवमा करिणा डाँगी, कोषाध्यक्ष कोमल डाँगी र सह–कोषाध्यक्षमा भुपेन्द्र डाँगी सहित ३१ सदस्यीय बगेश्वरी युवा समाज गठन गरिएको छ।


कार्यक्रममा बगेश्वरी डाँगी बन्धु ट्रष्ट केन्द्रीय अध्यक्ष श्री चतुरमान डाँगीको प्रमुख आतिथ्यमा,सल्लाहकार तथा लुम्बिनी प्रदेश का पूर्व सांसद अमरबहादुर डाँगी ,सल्लाहकारहरू दिनेश कुमार डाँगी, मानबहादुर डाँगीको विशिष्ट आतिथ्य, सल्लाहकार सूर्य बहादुर डाँगी,उप–महासचिव चन्द्र बहादुर डाँगी,कोषाध्यक्ष डा.मोतिलाल डाँगी, दाङ जिल्ला अध्यक्ष लोकराज डाँगी, डिल्लीबहादुर डाँगी,हुकुम बहादुर डाँगी लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले छरिएर रहेका डाँगी भाइ बन्धुलाई एउटै मालामा रहने र हरेकको दुस्खसुखमा साथ दिने बताएका छ्न। केन्द्रिय अध्यक्ष चतुर्मान डाँगीले युवा समाजले समाज परिवर्तनसंगै डाँगीका छोराछोरीले समाजमा राम्रो काम गरेका छन भन्ने उदाहरण भएर देखाउन आग्रह गरेका छन। एकता नै ठूलो शक्ति भएकोले छरिएर रहेका डाँगी अब एक ठाउँमा गोलबन्द भएर रहने बताए।