खाना पकाउने क्रममा कपडामा आगो सल्किदा महिला घाइते

तुलसीपुर, २३ मङ्सिर । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगोले जलेर एक महिला गम्भीर घाइते हुनुभएको छ । घाइते हुनेमा तुलसीपुर–७ बस्ने ६९ वर्षीया दुर्पेता जैसी रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ । उहाका अनुसार खाना पक्राउने क्रममा आफूले लगाएको धोतीमा आगो सल्किँएको हो । आगोले छाती र खुट्टा जलेको प्रहरीले जनाएको छ । घाइते जैसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।