गिरी र मास्की मन्त्री बन्छन्, यसले पश्चिमको विकास हुन्छ :अपार

तुलसीपुर,३० असोज ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्मा‘अपार’ले पश्चिम दाङका दुबै उम्मेदवार मन्त्री हुने भन्दै यहाँको विकासमा महत्वपूर्ण टेपा पुग्ने बताएका छन् । माओवादी केन्द्र तुलसीपुर १० का पार्टी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिदै उनले यस्तो बताए ।

‘पश्चिम दाङको क्षेत्र नं.३ बाट चुनाब लड्नु भएका दिपक गिरी संघको मन्त्री भएर आउनु हुन्छ, क्षेत्र नं.३(ख)बाट निर्वाचित राजेश मास्के पनि प्रदेशको मुख्यमन्त्रीको दावेदार हो, उहाँ पनि मुख्यमन्त्री वा मन्त्री भएर आउन सक्नु हुन्छ’,उनले भने‘यस क्षेत्रका दुबै जना मन्त्री पाउनु यस क्षेत्रकालािग ठूलो अवसर हो ।’


मास्कीले मुलुकबाट राजतन्त्र अन्त्य गरि गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको, पार्टीमा खारिएको, सभ्य, शिष्ट नेता भएको भन्दै यस्तो नेता पाउनु पश्चिम दाङकालागि ठूलो अबसर रहेको समेत बताए ।

गठबन्धनलाई जिताउनु भनेको मुलुकको संविधान, संघीयता, गणतन्त्रलगायतका उपलब्धी रक्षा गर्नु रहेको भन्दै गठबन्धनलाई जिताउनु अहिलेको आबश्यकता भएको समेत बताए । उनले यदि गठबन्धनलाई नजिताए ठूलो अपराध हुने भन्दै त्यस्तो अपराध कसैले पनि गर्न नहुँने बताए ।

अहिले एमालेले जनतालाई भ्रममा पारिरहेको समेत उनले बताए । कुनै बेला राणा, पञ्चहरुले जनतालाई भ्रममा पार्ने गरेको र अहिले एमालेले जनतालाई भ्रममा पारेर भोट बैंकका रुपमा जनतालाई लिने काम गरेको भन्दै यसमा सबै नागरिक सचेत हुनुपर्ने उनले बताए ।