अमेरिकाले थप पाँच नेपालीलाई गर्‍यो निष्कासन

JPG converted with https://ezgif.com/webp-to-jpg

काठमाडौं, १० मंसिर ।
अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ।

निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो।


स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण गरेका थिए। उनीहरूलाई एयर इन्डियाको जहाजबाट नेपाल फर्काइएको स्रोतको भनाइ छ।

अघिल्लो हप्तामात्रै अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काएको थियो।