तुलसीपुर, १७ मंसिर ।
दाङको तुलसीपुरबाट एक सय ८५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । तुलसीपुर बसपार्क स्थित सम्झना टोलमा आईतबार भएको कार्यक्रमबाट एमाले,काँग्रेसलगायतका पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई पार्टीमा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्की र पार्टीका निर्वाचन आयोग समिति संयोजक कुबेर ओलीलगायतले स्वागत गरेका हुन् । त्यस अवसरमा नव प्रवेशीहरूले पश्चिम दाङमा माओवादी केन्द्रको सरकारले नै विकासको ढोका खोलेकाले आफूहरूले त्यसमा सहयोग गर्ने बताएका छन् । त्यस अवसरमा मन्त्री मास्कीले जनताले जुन अपेक्षा देखेर गोलबद्ध हुन आएका छन्, ती अपेक्षा पूरा गर्ने बताए ।
त्यस अवसरमा पार्टीका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी, जिल्ला सचिब विश्वराज आचार्य, नेता विरेन्द्र परियारलगायतले मन्तब्य ब्यक्त गरेका थिए । पार्टीका वडाध्यक्ष बेदप्रसाद वलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
लाइभदाङ । १७ मंसिर २०८०, आईतवार १६:२७ बजे